Wednesday, October 23, 2024

विद्युत प्राधिकरण डोल्पाको लापरबाही: खेतमा ढलेका विद्युतका पोल मर्मत नगर्दा कृषक समस्यामा !

Share

पुर्ण कुमार/ त्रिपुरासंचार 

डोल्पा, जेठ १७

डोल्पामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण कृषक समस्यामा परेका छन् ।

डोल्पा केन्द्रीय विद्युत प्रसारण लाइन ( ग्रिड) मा जोडिए सगै डोल्पामा प्राधिकरणले धमाधम विद्युतका पोल गाडीरहेको छ। यसरी मनपरी ढंगले गाडिएका विद्युतका पोल अहिले लथालिङ्ग अवस्थामा छन । कतै विद्युतका लाइन खेतमै झुण्डिएका छन् त कतै विद्युतका पोल लथालिङ्ग छन् ।

खेती गर्ने समयमा विद्युतका पोल खेत र खेतको आलीमा ढलेपछि अहिले कृषक समस्या परेका हुन।

त्रिपुरासुन्दरीको बगर बजार देखि त्रिपुराकोट गाउँ सम्म गाडिएका विद्युतका पोल हरु खेत मै ढलेका छन् यसरी खेतमा व्यवारिशे अवस्थामा ढलेको जानकारी हुँदा हुँदै पनि विद्युत प्राधिकरण अनजान बनिदिदा कृषक समस्या पर्ने गरेका हुन् ।

त्रिपुरासुन्दरी नगरपालिका ०१ का स्थानीय गोपा सार्कीको नानीमुल स्थित खेतमा अहिले विद्युतको पोल ढलेको महिनौ भै सकेको छ । यसरी महिनौ हुँदा सम्म मर्मत नभएपछि समस्यामा परेको उनले बताएका छन । उनले भने “मर्मतको लागि बारम्बार विद्युत प्राधिकरणलाई जानकारी दिए तर अझै मर्मत भएको छैन, खेतीपाती गर्ने सिजनमा विद्युतका पोल खेत र आलीमा ढल्दा समस्या भएको छ ” ।

यो ठाउँमा विद्युत प्राधिकरणले गरेको काममा समेत त्रुटि देखिएको छ। प्राधिकरणले विद्युतका तार समेत लथालिङ्ग अवस्थामा छोडेको छ, कतै तार भुइँमै झरेका छन् त कतै तार खुम्चिँदै गइरहेका छन् ।

उता विद्युत प्राधिकरणले लाइन तानेपनी युक्त लाइन देखि विद्युत प्रवाह  नभएको बताएको छ । विद्युत प्रवाह न भएपनि खेतमा बेवारिसे तरिकाले ढलेका पोल मर्मत गर्नु पर्ने उसको जिम्मेवारी हो । विद्युत प्राधिकरणलाई त्रिपुरा सञ्चारले बारम्बार जानकारी गराउँदा मर्मत गर्छु भन्दै आलटाल गरिरहेको छ।

Read more

Local News