Tuesday, October 22, 2024

कर्णाली प्रदेश सरकारलाई छैन फोक्सुण्डो तालको चासो !

Share

पुर्ण कुमार/ त्रिपुरासंचार 

असार २, डोल्पा

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ ।

अर्थमन्त्री महेन्द्र केसीले शनिबार प्रदेशसभाको दशौं बैठकमा बजेट प्रस्तुत गरेका थिए । उहाँले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताए । साथै बजेटका ७ उद्देश्य, ७ प्राथमिकता र ७ रणनीतिक क्षेत्र निर्धारण गरी ल्याइएको उनको भनाइ छ । साथै प्रदेशको गरिबी निवारण न्यूनीकरणमा समेत ध्यान दिइएको पनि उहाँले बताउनु भयो।

 

बजेट भाषणमा कर्णाली प्रदेशका अन्य जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको गुरु योजना कार्यान्वयन गर्न बजेट विनियोजित गरेपनि डोल्पाको फोक्सुण्डो तालको संरक्षण प्रवर्द्धन गर्न कुनै योजना भने देखिएको छैन ।

कर्णालीका अन्य पर्यटकीय स्थल मुगुको रारा ताल, सुर्खेतको बुलबुले ताल, काँक्रेबिहार, चौधान ताल र रुकुम पश्चिमको स्यार्पु ताल बजेटमा समेटिदा डोल्पाको फोक्सुण्डो ताल बजेट को छेउ टुप्पो मा नै परेन।

 

यसरी आफ्नै प्रदेश भित्र रहेको मुख्य पर्यटकीय क्षेत्रलाई संरक्षण प्रवर्द्धनको लागि कुनै योजना न राख्दा फोक्सुण्डो ताल ओझेलमा पर्ने देखिन्छ।

फोक्सुण्डो ताल नेपाल कै गहिरो ताल मध्यको एक ताल हो।

जहाँ वर्षेनी हजारौको संख्यामा पर्यटक भित्रिन्छन्।

प्रदेश सरकारको बजेटमा फोक्सुण्डो ताल न समेटिनु अहिले डोल्पा बासीको लागि चिन्ताको विषय बनेको छ। फोक्सुण्डो मात्रै न भै जिल्ला भित्र अन्य ठूला ठुला तालहरु समेत रहेका छन् ।

डोल्पाको फोक्सुण्डो ताल सहित जगदुल्ला ताल, सुनदह ताल , कुख्यन फालक सहित अन्य थुप्रै तालहरु छन्। जुन ताल कर्णाली प्रदेश सरकारको नजरमा नपर्दा अहिले पनि ओझेलमा परिरहेका छन् ।

 

त्यति मात्रै नभई अहिले डोल्पामा विश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको ताल समेत भेटिएका छन्। यसको प्रमाणीकरणको लागि समेत प्रदेश सरकार सग कुनै योजना भने देखिएको छैन।

कर्णाली प्रदेश सरकारले चाहेको खण्डमा डोल्पालाई कर्णालीको पर्यटन राजधानी समेत बनाउन सकिन्छ । जसको फाइदा कर्णाली प्रदेश सरकारलाई समेत हुने छ।

डोल्पामा दर्जनौं भन्दा बढी पर्यटकीय क्षेत्रहरु रहेका छन् जुन अहिले प्रचार प्रसारको अभावमा कसैको नजर पर्न सकेको छैन। यसरी आफ्नै प्रदेश भित्र रहेका पर्यटकीय क्षेत्रलाई सरकारले नै नजर अन्दाज गरिदिंदा डोल्पाका दर्जनौं भन्दा बढी पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्।

डोल्पा देखि प्रतिनिधित्व गर्दै प्रदेश सरकारमा दुई जना मन्त्री छन्। २ जना मन्त्री हुँदा समेत डोल्पाका पर्यटकीय क्षेत्र न समेटीनू निकै चिन्ताको विषय रहेको शे-फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामाले बताउनु भयो।

उता प्रदेश सरकारको बजेटमा फोक्सुण्डो ताल सहित डोल्पाका मुख्य पर्यटकीय क्षेत्र नराखेको भन्दै कर्णाली प्रदेश सरकारको डोल्पामा तिब्र आलोचना समेत भइरहेको छ।

कर्णाली प्रदेश सरकारले भर्खरै ल्याएकाे आ.ब २०८१/८२ काे नीति तथा कार्यक्रममा पर्यटन प्रबर्द्धन तथा विकास गुरु याेजनामा डाेल्पा जिल्लामा रहेकाे थुप्रै बिशेषता बाेकेकाे सबैभन्दा गहिरो ताल फाेक्सुण्डाे ताललाई समावेश नगरेको भन्दै पत्रकार महासंघ डोल्पा शाखाका सचिव लेख बुढाले समेत दुखेसो पोख्नु भएको छ।

कर्णाली प्रदेश सरकारले प्रदेशमा आम्दानी बढाउने हो भने डोल्पाको फोक्सुण्डो ताल लगाएत का पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी छ। जसको लाभ डोल्पा जिल्ला र प्रदेश सरकारलाई समेत हुने देखिन्छ।

 

 

 

Read more

Local News