Tuesday, October 22, 2024

भ्रष्टाचार निवारण ऐन विपरीत नभएको ओहोदा देखाउँदै काइकेकी निमित्त प्रमुख प्रशासकीय अधिकृत पराजुली!

Share

डोल्पा। हिमाली जिल्ला डोल्पाको एक स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार निवारण ऐन बिरुद्ध आफ्नो पदको ओहोदा देखाउदै आएको पाइएको छ ।

जिल्लाको काइके गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुली आफु निमित्त प्रमुख प्रशासकीय अधिकृत भएपनि आफ्नो वास्तबिक पद लुकाउने गरेकी छिन । उनले जता ततै आफू प्रमुख प्रशासकिय अधिकृत भएको बताउने गरेकी छन्।
उनि महिला विकास तर्फकी समायोजित अधिकृत हुन् ।उक्त गाउँपालिकामा उनको दरबन्दी पनि छैन ।महिला विकास शाखाकालागि लोकसेवा आयोगले पालिकामा चौथौ तहका दरबन्दी पठाइसकेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नआउन्जेलसम्म कामकाज सञ्चालन गर्न सामान्य प्रशासन मन्त्रालयले आर्थिक अधिकार सहितको जिम्मेवारी दिएको हो ।
त्यसकारण पनि उनले निमित्त भएर कामकाज सञ्चालन गर्नुपर्छ ।तर,उनले सार्वजानिक काममा परिचय दिँदा देखि कार्यालयका सम्पुर्ण कागजातमा प्रमुख प्रशासकीय अधिकृत लेख्ने र त्यहि भनेर परिचय दिने गरेकीछन् ।
उनले आफ्नो कार्यकक्षमा राखिएको नेमप्लेट,गाउँपालिकाको वेभ साइट देखि गाउँ कार्यपालिकाले निकालेको बार्षिक क्यालेण्डर सम्ममा निमित्तको सट्टा प्रमुख प्रशासकीय अधिकृतनै लेखेकीछन् ।
त्यतिमात्र नभइ आफु भन्दा माथिल्लो निकाय र जिल्लाका विभिन्न कार्यालयमा चलान गरिएको पत्रमा समेत प्रमुख प्रशासकीय अधिकृत लेखिएको पत्रमा सहिछाप गरेर पठाउने गरेकी छिन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ अनुसार कुनै पनि राष्ट्र सेवक वा व्यक्तिले आफुले नपाएको ओहोदा,अधिकार वा हैसियत वा सुविधा पाँए भनि कुनै चिन्ह्र वा निस्सा देखाएमा निजलाइ दुइ बर्ष सम्म कैद वा जरिवानाहुन सक्ने कानुनि व्यवस्था छ ।
यस्तो कानुनी व्यबस्थालाइ उनले एक बर्ष देखि बेवास्ता गर्दै आएकी छिन् ।
तर,पराजुलीले खुलमखुल्ला रुपमै आफ्नो नपाएको ओहोदा प्रकट गरिरहेकी छिन् ।
यता प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले कुनै कर्मचारी,कार्यालय प्रमुख वा व्यक्तिले कानुन बिपरित आफ्नो ओहोदा प्रकट गर्न नमिल्ने बताए ।
आफुले कार्यालय प्रमुखहरुको बैठकमा आफ्नो भएको ओहोदा बिपरित नभएको ओहोदा प्रकट नगर्नुहोला भनि निर्देशन दिइरहेको र यस बिपरित भएको पाइएमा कारवाही गरिने उनको भनाइ छ ।
त्यतिमात्र नभइ उनि काइके गाउँपालिकामा नियम अनुसार सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृतलाइ समेत असहज वातावरण सृजना गरेर हाजिरहुन नदिने गर्छिन् ।
गत बैशाखमा सरुवा भएर आएका जाजरकोट निवासी प्रमुख प्रशासकीय गोपाल शाही पालिकामै नपुगेर बिच बाटोबाटै फर्किएका थिए ।
शाहीले बताए अनुसार आफु सरुवा भएको पालिकामा पुगेर सेवा गर्ने इच्छा भएपनि असहज परिस्थि बनेको देखेपछि आफैले सरुवा बदर गराएको बताए ।
पालिकामा कार्यरत कर्मचारीहरुलाइ आफ्नो अनुकुल काम गर्न दबाव दिने र नमानेपछि झपार्ने,थर्काउने लगायतका विभिन्न मानसिक दबाव दिने गरेको कर्मचारी स्रोत बताउँछ ।
यस बिषयमा बुझ्न निमित्त प्रमुख प्रशासकीय अधिकृत पराजुलीले फोन गर्दा पत्रमा विभिन्न दस्ताबेजमा प्रष्टै प्रष्ट लेखेको पाइएपनि ढाकछोप गर्न आफुले नलेखेको बताइन् ।आफु निमित्तै भएकाले कसरी लेखिएको थाहा नभएको र हेर्ने बताइन् ।


उनि राजनितिक हिसाबमा पनि सबैसँग बराबरी सम्बन्ध बनाउने र परेको बखतमा पावर सो गरेर सकभर काइके गाउँपालिकामा आफ्नो ठाउँमा अर्को हाकिम आउन नदिने क्षमता राख्छिन् ।
हाल डोल्पाका चारवटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी लिएर नियमित कामकाज सञ्चालन गरिरहेकाछन् भने चारवटा पालिकामा प्रमुख प्रशासकीय अधिकृतनै रहेकाछन्

Read more

Local News