Tuesday, October 22, 2024

त्रिपुरासुन्दरीको पहाडा स्वास्थ्य चौकीमा बहिरङ्ग उपचार सेवा केन्द्र स्थापना

Share

डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०७ मा पर्ने पहाडा स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार स्वास्थ्य सेवा उपचार केन्द्र स्थापना गरिएको छ।
शनिबार दिउँसो त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य चौकीमा कुपोषण लागेका ६ देखि ५९ महिना सम्मका वालवालिका हरुकाे उपचारकाे लागि शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रम अन्तर्गत बहिरङ्ग उपचार सेवा केन्द्र स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिनु भयो।
स्वास्थ्य चौकीमा बहिरङ्ग उपचार सेवा केन्द्रको स्थापना भए सगै अब देखि यहाँका नागरिकले कुपोषण लागेका बालबालिकाको उपचारको लागि लीकू र त्रिपुराकोट स्वास्थ्य चौकीमा जाने वाध्यता हटेको छ।

यो भन्दा पहिले नगरपालिका भित्रका स्वास्थ्य चौकीहरु मध्य त्रिपुराकोट र लिकु स्वास्थ्य चौकीमा मात्र बहिरङ्ग उपचार सेवा केन्द्र स्थापना गरिएको थियो।
पछिल्लो समय पाहाडा स्वास्थ्य चौकी नगरपालिका भित्रका अन्य स्वास्थ्य चौकीहरु मध्य क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ।
यहाँका नागरिकले यही स्वास्थ्य चौकी देखि सेवा लिँदै आइरहेका छन् ।

कुनै बेला सामान्य उपचारको लागि घण्टौं पैदल यात्रा गरेर उपचार गराउन बाध्य यो ठाउँका नागरिक अहिले नजिकैको स्वास्थ्यचौकी देखि स्वास्थ्य सेवाहरु लिँदै आइरहेका छन्।

Read more

Local News