Wednesday, October 23, 2024

डोल्पाको सदरमुकाम दुनै बजार एक महिनादेखि अन्धकार हुँदा जनजीवन कष्टकर

Share

डोल्पा – डोल्पाको सदरमुकाम दुनै बजार विगत करिव एक महिनादेखि अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

डोल्पाको सदरमुकाम दुनई विगत करिव १ महिनादेखि अन्धकार हुँदा स्थानीयको दैनीक कष्टकर बनेको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । विजुली नहुँदा त्रिपुरा सुन्दरी र ठूली भेरी नगरपालिकाका करिव १२०० घरधुरीको दैनीक जीवन कष्टकर बनेको छ ।

विद्युत सेवा बन्द हुन्दा स्थानीय मात्र होइन सरकारी कार्यालयहरुलाई पनि सेवा प्रवाहमा समस्या परेको छ । मोवाइलमा टावर नहुने तथा इलेक्ट्रोनिक सामानको प्रयोगमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका नायक सुब्बा टेक बहादुर बीसीले गुनासो गरे  ।
जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएपछि तत्काल मर्मत गर्न समस्या आयोजनाले जनाएको छ । तर पनि स्थानीयको जनश्रमदान, नेपाली सेना तथा विद्युत प्राधिकरणले मर्मत गरिरहेका छन् । दशैअगाडि नै सदरमुकाम दुनैमा विद्युत आपूर्तीका लागि प्रयास भैरहेको विद्युत प्राधिकरण डोल्पा वितरण केन्दका प्रमुख शंकर सिँ ठकुरीले बताए ।

पक्कै एक महिनासम्म पनि अंधकारमा जीवन कष्टकरनै हुन्छ । यसको लागि जतिसक्दो छिटो सदरमुकाम दुनैमा विद्युत सेवा सुचारु गर्न आवश्यक छ ।

Read more

Local News