यसरी मनाईयो डोल्पाको जुफालमा लाग्ने भाद्र पूर्णिमा पर्व ! (फोटोफिचर)

0
153
????????????????????????????????????

त्रिपुराकोट मन्दिरमा सुनको गजुर ।
भदौपुर्णिमको मेला हेर्न आयौ हजुर ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल गायक विमल डाँगीको यो लोकप्रीय गीतसँगै भाद्रपुर्णिमा मेला–२०७५ एक हप्ता सम्म रमाइलो गरी अर्को साल भेट्ने गरी विदा भएको छ।

डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला जुफालमा धुमधामका साथ मनाइएको छ ।डोल्पाका लिकु,पहाडा,नर्कु र सर्मि लगायतका गाँहरुमाभाद्रपुर्णिमाको दिन स्थानीय मेला लाग्ने गरेको पाइएपनि पर्यटकीय नगरि जुफालमा मनाइने भाद्रपुर्णिमा मेला भने अन्य गाबिसको तुलनामा भब्यरुपले मनाइने गरिन्छ ।यो डोल्पा जिल्लाकै दोस्रो ठुलो चाड हो पहिलो बालात्रिपुरासुन्दरी मन्दिरमा त्रिपुराकोट लाग्ने गर्दछ। जुफालको वडानम्बर ५ मा अवस्थित मन्मा र रामाचुला देबताको बिडि मन्दिरमा लाग्ने यो भाद्रपुर्णिमा मेला बिडि मन्दिर देखि झण्डै ४५ मिनेटको दुरीमा रहेको मन्डब भन्ने मन्दिरमा एकदर्जन धामीहरु त्यस्तै डाँग्रेहरु देबताअँगमा चडेको अबस्थामै बिशेष पुजाआजा र बाजागाजाका साथ पुगेर पतुरे पछि र भक्तजनहरुले बिभिन्न भाकलस्वरुप चढाएका झण्डै सयको हाराहारीमा भेडाच्याङ्ग्रा बलिको रुपमा चढाइने गरिन्छ ।चढाएको बोका इस्वरको नाममा बलि दिएपछि बिधिबतरुपमा मेला सम्पन्न हुने गर्छ ।

मौलिक संस्कृति सामाजिक एकता धार्मिक सहिष्र्णुता
अहीलेको समय चारैतिरबाट विदशी संस्कृतीले हस्तक्षेप र आक्रान्त भएको वेला यो मेलामा छिमेकी गाँउका युवायुवतीहरु चुट्कीला खेल्ने,स्थानिय भाखामा दोहोरि गाउने रातभरि जागराम वसी रमाइलो गर्ने गर्दछन्।
भाद्रपुर्णिमाको मेलाको असरमा दशर्नार्थी तथा स्थानीययुवाहरुबाट सिगारु लगायतका स्थानीय नाच र बिबिध खेलकुदहरु समेतको रमाइलो मनोरन्जन दिने गरिएको थियो भदौ पुर्णिमा पर्बमा मेला भर्न आएका मानिसहरुलाई मण्डव मन्दिरक्षेत्रमा जुफाल गाउँलेहरुले सेलरोटी पुरि तरकारी दहि दुध लगायत फलफुलले भोजन गराएर एकापसमा दुखसुखका भलाकुसारी समेत गर्ने गरिन्छ ।मेला भर्न आएका हजारौले पाहुनास्वरुप भोजन गर्न पाउछन्।
बिबिध सास्कृतिक सम्पदा र एतिहासिक धार्मिक धरोहरका रुपमा दस्ताबेज
नौ सय वर्ष पुर्बको समयमा मन्डब भन्ने स्थानमा जुफाल गाउँका मानिसहरु काम बिशेषले बनमा जाँदा शेषरुपि नागले मानिसलाई खाइदिने गरेको त्यही क्रम निरन्तर चलिरहँदा जुफाल गाउँको जनसख्या घट्दै गई मानवबिहिन बस्ती बन्न थालेपछि मन्मा भन्ने देबताले मानवलाई छेदन गरेर खाने नागको टाउँको छेदन गरि भाद्रपुर्णिको दिनमा कुण्ड बनाएर रगत पोखेकाले त्यस दिनदेखि मानव बलि लिने कार्य बन्द भई मण्डब भन्ने ठाउँमा शान्त हुनुका साथै जो कोही ब्यक्ति जस्तोसुकै समयमा पनि मण्डबमा जान सक्ने भएकाले भाद्रपुर्णिमाको दिन बिशेष किसिमले पुजा आजा गरि मेलाको रुपमा मनाइदै आउने गरेको किम्बदन्ती रहेको छ ।जफालमा लाग्ने भाद्रपुर्णिमाको मेला भर्न लिकु माझफाल दुनै रह त्रिपुराकोट ल्हाँ र पहाडा लगायतका गाबिसहरुबाट सयौको सँख्यामा भक्तजनहरु आउने गर्छन ।जुफालमा लाग्ने मेला र भाद्रपुर्णिमाको एतिहासिकताका बारेमा रामचुला देबताका धामि सिद्दिमान बुढाको भनाई छ।


शुरुमा मन्मा देबता प्रकट नहुदै जम्मा पाँच घरधुरी रहेकोमा मन्मा देबताको प्रकट पछि देबताको सत्यता रहेकाले अहिले २ सय ६५ धरधुरी देबताका छिमेकी पुगेको मन्मादेबताका पुजारी धामी शिद्दिमान बुढाले बताए ।
उमेरले ६७ बर्ष भएपनि आफुलाई २०३१ सालबाटै देबता शरिरमा चढ्ने गरेको र देबताको बास भएपछि गाउँमा कुनैपनि अप्रिय घटना नघटेको बुढाले बताए ।
डोल्पाको जुफालमा मनाइने यो पर्बमा जिल्ला भित्र र छिमेकी जिल्ला रुकुम जाजरकोट सल्यान र जुम्ला समेतका मानिसहरु मेला भर्न आउने गरेको पाइन्छ ।पुर्णिमाको दिनमा जिल्लाका सम्पुर्ण बिद्यालयहरु बन्द हुने गर्छन ।
दशै लगायत अन्य चाडपर्बमा घरका मुली मान्छे नआएपनि केहि हुदैन तर भदौ पुर्णिमा पर्बमा अनिवार्य रुपमा जुफाल गाउँका २ सय ६५ घरधुरीकै मुली मान्छे घरमा हुनु पर्ने वा जिल्ला बाहिर भएपनि आईपुग्नु पर्ने प्रचलन रहेकाले पनि सबै छिमेकीहरु दिदिबहिनीहरुको जमघट हुने भेटघाट हुने भएकाले मानवीय सदभाव राख्नमा समेत यो पर्बले सहयोग पुर्याउने गरेको जुफालका शुबर्णबहादुर शाहीले बताए।

बिबिध सास्कृतिक सम्पदा र एतिहासिक धार्मिक धरोहरका रुपमा रहेका हाम्रा पहिचानका दस्ताबेज मानिने सास्कृतिक परम्पराको स्थानीयरुपमा संरक्षण सम्बद्र्दन गर्न सकेमा हाम्रो सँस्कृतिको मात्र नभएर हाम्रै सभ्यताको र पुर्खाको सनातनधर्मप्रतिको सदभाव ठहरिने छ ।देशमा ठुला ठुला परिवर्तनभए मण्डप मन्दिर पुरानै अवस्थामा छ।यो मन्दिरमा सम्वन्धित निकायको ध्यान जावोस् मन्दिरको वरिपरि आधुनिक प्याराफिट वनोस् मन्दिरको मुहार फेरियोस् ।विडिस्थानबाट मण्डपसम्मको बाटो फराकिलो चौडा वनोस् । मण्डवको मन्दिर पुरानो तथा जिर्ण भएको र सयौ भक्तजनहरु यस पुरानो मन्दिरमा खचाखच भिंडले जोखिम हुने खतरा छ र पुननिर्माणको ठुलो आशा राखेर वसेको छ ।

 

बालकृष्ण डागी ‘विरही’
डोल्पा एयर्पोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here