Wednesday, October 23, 2024

प्रदेश ७ को राजधानी धनगढीबाट नसार्न माग राख्दै बिहानैदेखि प्रदर्शन

Share

धनगढी – प्रदेश नम्बर ७ को नाम र राजधानीको टुंगो आज (शुक्रबार) लाग्दैछ । त्यसका लागि बिहान साढे ११ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

तर प्रदेशको राजधानी धनगढीबाट नसार्न माग राख्दै बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदेशसभाको मुलगेटमा जम्मा भएका धनगढीका स्थानीय बासिन्दाले नाराबाजी गरेर प्रदर्शन गरिरहेका छन् ।

स्थानीय बासिन्दाले  सांसदलाई प्रदेशसभा भवनको मुल गेटबाट प्रवेश गर्न नदिएपछि पछाडिको गेटबाट प्रवेश गराईदैछ । प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका, २ तेघरी राख्न सिफारिस गरेको छ ।

उक्त प्रतिवेदनमा विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा० ले असहमति जनाएका छन् । आज प्रदेशसभाका सदस्यहरुबीच मतदान प्रक्रियाबाट बहुमतले नाम र राजधानी तोकिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामा सत्तारुढ दल नेकपाका ३९, कांग्रेसका १२ र राजपाका २ गरि ५३ सांसद छन । सत्तापक्षसग स्पष्ट बहुमत भएका कारण प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ हुने लगभग निश्चित जस्तै छ ।

Read more

Local News