Wednesday, October 23, 2024

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक आज सकिदै

Share

असोज १३ , काठमाडौं – नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक आज सम्पन्न हुँदैछ । काठमाडौैँमा हिजोदेखि सुरु भएको बैठकमा नेपाल र चीनले उर्जा क्षेत्रको विकास र सहजीकरणका लागि बृहत कार्ययोजना बनाएर अगाडि बढ्न सहमत भएका छन् । दुवै देशका प्राविधिक सम्मिलित संयुक्त कार्य समूह गठन गर्ने, र यसले एक महिनाभित्र योजना बनाएर पेश गर्ने सहमति समेत भएको छ । मिति भने सहमतिका आधारमा तय गरिने जनाइएको छ । बैठकमा दुवै पक्षले आ—आफ्नो देशको उर्जाको अवस्था, माग , आपूर्ति तथा प्रणालीबारे जानकारी गराएका थिए । उर्जामा लगानीको अवस्था, विद्युत बजार तथा भावी योजनाबारे पनि छलफल भएको जलश्रोत तथा सिँचाई मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक ही याङले नेतृत्व गर्नुभएको छ ।

Read more

Local News