Friday, October 25, 2024

यातायातका कर्मचारी गरे भ्रष्टाचार गर्न फाईल नष्ट

Share

काठमाडौं – आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाईसेन्स वितरण गर्ने यातयात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब बनाएका छन् ।

फाईल नष्ट गरे पनि उनीहरुले भ्रष्टाचार भने लुकाउन सकेनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोगसमेत थपेर आईतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

कार्यालयका प्रमुख उपसचिव विश्वराज नेपाल, शाखा अधिकृतहरु कमलराज गोतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा नायब सुब्ब अबिन्दर दासविरुद्ध मुद्धा दाय भएको हो ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।

Read more

Local News