Thursday, October 24, 2024

डोटीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

Share

डोटी – डोटीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब पाउन नसकेका हुन् । दसैं आउनै लाग्दा समेत यहाँका विभिन्न कार्यालयका कर्मचारीहरुले तलब नपाएको गुनासो गरेका छन् । प्रदेश मातहत आएका कार्यालयहरु तलब पाउन नसकेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

गएको साउनदेखि अहिलेसम्म तलब नपाएको सेक्टर वन कार्यालय डोटीका सहायक वन अधिकृत शुरेसचन्द्र डिसीले बताउनु भयो । उहाँले भन्नुभयो ‘तलब नपाएको महिनौ भइसक्यो, लतबको कुरै छोडौँ अब कहाँ हाजिर गर्ने हो त्यो नि पत्तो छैन्, हामी अलपत्रमा छौँ ।’

दसैंको मुखमा तलब नपाउने चिन्तामा आफूहरु रहेको जिल्ला कृषि विकास कार्यालय डोटीका कर्मचारीहरु बताउँछन् । उनीहरु भन्छन् ‘कार्यालय सरीसकेको छ, हामीले त सेतो कागजमा हाजिर गरीरहेका छौँ, तलब कसले दिने र कहिले आउने हो आत्तो पत्तो छैन ।’ त्यस्तै प्रदेश सरकार मातहत स्थापना भएका डोटीका दजनौँ कार्यालयका कर्मचारीहरुले पनि गएको साउनदेखि तलब नपाएको गुनासो गरेका छन् ।

Read more

Local News