Wednesday, October 23, 2024

पक्राउ परे तत्कालीन किष्ट बैंकका प्रमुख ज्ञवाली कञ्चनपुरबाट

Share

काठमाडौं – तत्कालिन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।

अदालतले ज्ञवालीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए ।

प्रहरीका अनुसार ज्ञवालीलाई महेन्द्रनगरबाट काठमाडौं ल्याइसकिएको छ । आज नै उनलाई अदालतमा उपस्थित गराइने प्रहरी स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

Read more

Local News