Wednesday, October 23, 2024

प्रत्येक दिन काम सुरू गर्नुअघि कर्मचारीले भष्टाचार हैन, नगर्ने कसम खानुपर्ने

Share

असोज १९, काठमाडौं –  सरकारी कर्मचारीले काम सुरु गर्नुपूर्व अबदेखि हरेक दिन भष्टाचार नगर्ने कसम खानुपर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अनुसार सुशासन र सदाचार प्रवर्द्धन गर्न ‘म भष्टाचार गर्दिनँ। म भष्टाचार हुन दिन्न। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने प्रतिज्ञा गर्नुपर्ने भएको हो।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरका अनुसार असोज १६ मा बसेको मुख्यसचिव स्तरको बैठकबाट ‘म भष्टाचार गर्दिनँ। म भष्टाचार हुन दिन्न। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने वाक्य हरेक दिन कर्मचारीले प्रतिज्ञा गर्नुपर्ने र कार्यालयमा सबैले देख्ने ठाउँमा लेखेर टाँस्नुपर्ने निर्देशन दिएको हो।

राष्ट्रसेवक कर्मचारीलाई कामप्रति इमान्दार बनाउन प्रधानमन्त्री कार्यालयले भष्टाचार नगर्ने प्रतिज्ञा गराउन लागेको हो।

Read more

Local News