Wednesday, October 23, 2024

रामवीरले राजीनामा दिन तयार भएपछि वामदेव काठमाडौँ क्षेत्र नम्बर ७ चुनाव लड्ने

Share

 काठमाडाैं– नेकपाका नेता वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन तयार भएका छन्।

अाफूले गरेका केही सर्तहरू पार्टीले पूरा  स्वीकार गरेपछि  सांसद रामवीरले पार्टी नेतृत्वसमक्ष सांसद पदबाट राजीनामाको पत्र बुझाएका हुन्। उनले राजीनामा दिएसँगै बर्दियामा पराजित भएका वामदेवले  काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने निश्चित भएकाे छ।

यसअघि वामदेवकाे लागि  डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुले राजीनामा दिन सहमत भएका थिएनन्।  रामवीरले नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनुपर्ने सर्तलाई पार्टी नेतृत्वले स्वीकार गरेपछि वामदेवकाे चुनाव लड्ने बाटाे खुलेकाे हाे।

नेता रामवीरले २०३६ सालमा स्कुल जीवनदेखि नै राजनीति गरेका थिए। अनेरास्ववियुमार्फत राजनीतिमा होमिएका उनी पछि नेकपा एमाले काठमाडौंको जिल्ला सदस्य तथा क्षेत्रीय सदस्यका रुपमा रहेर काम गरेका थिए।

२०४९ र २०५४ सालमा भएको स्थानीय चुनावमा रामवीर काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष थिए। उनी २०७० सालको संविधानसभामा क्षेत्र नं. ७ बाट हिसिला यमीलाई पराजित गर्दै सांसद बनेका थिए।

०७४ काे प्रतिनिधि सभाकाे चुनावमा भने उनले  राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

Read more

Local News