Tuesday, October 22, 2024

ठुलिभेरी न.पा.मा वडा दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।।

Share

 

ठुलिभेरी नगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।कार्यवाहक नगरप्रमुख बीरमल कुमार भण्डारीको सभाध्यक्षमा जिल्ला विकास समितीका सदस्य प्रेमलाल बिक,पूर्ब जिविस सभापति जगत बहादुर कठायत,निमित्त प्रमुख प्रशासकृय अधिकृत य गेन्द्र धरला,वडाअध्यक्षहरु,वडा सदस्यहरु,विध्यालयका प्रअ तथा नगरवासीको उपस्थिती रहेको थियो।

कार्यबाहक नगरप्रमुख भण्डारीले ठुलिभेरी नगर अव दशै,तिहारको सुरक्षालाई मध्यनजर गर्दै तास,जुवा र मदिरामुक्त नगर वनाउनका निमित्त सम्पुर्ण वडामा पत्राचार भइसकेको र उल्लघंन गरेमा जरिवानाको व्यवस्था भएको प्रष्ट पारे र चाडवाड भड्कीलो तथा खर्चिलो र देखासिकी नगर्न नगरवासीलाई आग्रह गरेका छन् ।

Read more

Local News