Tuesday, October 22, 2024

कर्णाली पर्यटन गन्तव्यभित्र डोल्पा : वन,वातावरण, पर्यटन मन्त्री नन्दसिंह वुढा

Share

महान चाड दशैं मनाउन वन,वातावरण पर्यटन मन्त्री नन्दसींग बुढाको डोल्पा आगमन भएको छ ।डोल्पा जुफाल बिमानस्थल नजिकै होटेल त्रिपुरामा मन्त्रीलाइ स्वागत गर्न स्थानीय जनप्रतिनिधी राजनैतिककर्मी तथा सर्वसाधारणको उपस्थिती थियो ।
दशंै मान्न मन्त्रीको डोल्पामा ७ दिन बसाइ तथा ठुलिभेरीको सवै वडामा जनतासँग प्रत्यक्ष रुपमा भेटघाट गर्ने शुभकामना आदानप्रदान गर्ने जानकारी मन्त्रीका स्वकिय सचिव डम्वर वुढाले त्रिपुरा संचारलाइ जानकारी दिए।
डोल्पामा फोक्सुण्डो,डोल्पाबाट मुस्ताग,फोक्सुण्डो वाट रारा, डोल्पावाट ढोरपाटन,पर्यटकीय हिसावले डोल्पा अति लोकप्रीय भएता पनी अपर डोल्पोको परमीट अति महंगो हुने गर्दछ र यात्रा पनी निकै कष्टकर र जोखीम छ।
डोल्पामा पर्यटनको विकासमा के–के प्रगति हुँदैछ ?
भन्ने प्रश्नको उत्तरमा मन्त्रीको जवाफ“यार्साकुन्भु व्यवस्थापनमा साढे २करोड वजे ट छ्ट्टयाएको छुँ,डोल्पा जिल्ला प्राय क्षेत्रमा सुख्खा हुने,रुखविरुवा नभएको कारण विस्तारै मरुभुमीमा परिणत हुने खतरा बाट जोगाउन वृक्षारोपणको परियोजना ल्याएको ल्याएको छु । फोक्सुण्डो चारैतीर वरिपरि पर्यटकहरुको लागी चौडा र फराकीलो बाटो बनाइनेछ”
बिकासमा पछी परेको कर्णाली प्रदेशलाई पर्यटकीय रुपमा माथि उकास्न के– कस्तो रणनिती अंगिकार गर्नुभएको छ ?
“टुरिजम माष्टर पलान कर्णाली पर्यटन गन्तव्यको रुपरेखा तय हुँदैछ ।सुर्खेतको वुलवुले,काक्रेविहार,कुभिण्डे ताल,रुकुमको स्यार्पु ताल,डोल्पाको वालात्रिपुरासुन्दरि,फोक्सुण्डो,जुम्लाको गीरीदह,चन्दननाथ,सींजा उपत्यका,मुगुको रारा, छायानाथ,हुम्लाको हिल्सा,मानसरोवर तथा दैलेखको पंचकोशी क्षेत्र आदि पर्यटन गन्तव्यको रुपमा विकास लिइ कर्णाली प्रदेशलाई सम्वृद्ध वनाउने योजना लिइएको छु ।”
डोल्पामा पर्यटनको सम्भावना धेरै छ बर्षेनी आन्तरिक तथा बाहय पर्यटकको सँख्यामा वृद्धि भएको छ ।एयरलाइन्सको मनपरि,बाटो बाटोमा होटेलको अभाब,विदेशी पर्यटकको लागी गाइड,पोर्टर,शेर्पा,कुक,किचेन व्वाई आदि जनशक्तीको कमी छ ।अपर डोल्पाको परमीट विदेशी वाट राज्यले महंगो उठाउने र डोल्पालाई मागी खाने भाँडोको रुपमा लिएको छ । एयरलाइन्सलाइ निश्चीत नितीनियम भित्र ल्याउने हिम्मत होवोस् यि यावत समस्यावाट .राज्यमन्त्री धनवहादुर वुढा तथा प्रदेश पर्यटन मन्त्री नन्दसींग वुढाको कालमा हुनेछ ।

Read more

Local News