Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Thursday, May 8, 2025

डोल्पाको यार्सा पाटनमा भिरबाट लडेर एक महिलाको मृत्यु 

Share

पुर्ण कुमार/ त्रिपुरासंचार 

डोल्पा, जेठ २९

हीमाली जिल्ला डोल्पामा बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न जगदुल्लाकाे टाङटुङे  लेकमा पुगेकी एक महिलाकाे भिरबाट लडेर ज्यान गएकाे छ।

जगदुल्ला गाउँपालिका वडा नं. १ निवासी बर्ष २९ की बिमला बि.क काे  यहीँ जेठ २६ गते शनिबार पाटनबाट घर फर्किने क्रममा लडेर निधन भएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जानकारी दिएको छ ।

 

यहीँ जेठ १० गते देखि डाेल्पाका शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, निजि तथा सामुदायिक यार्सा पाटनहरुमा सर्वसाधारणको लागि खुल्ला गरिएको थियाे। एक महिनाकाे लागि खुला भएका पाटनबाट साेचेकाे जस्ताे यार्सागुम्बा नपाईएकाे भन्दै दिनप्रतिदिन संकलनकर्ता फर्किने क्रम जारी छ।

 

डाेल्पाका विभिन्न यार्सा पाटनमा हाल सम्म विभिन्न समस्याको कारण  ७ जनाकाे मृत्यु भैसकेको छ।

Read more

Local News