Sunday, December 22, 2024

प्रदेश नं. ३ मा पर्यटन विकास आयोजना स्थापना

Share

कात्तिक २४, हेटौंडा – पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश नं ३ ले पर्यटन विकास आयोजना स्थापना गरेको छ ।

आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको सो आयोजनामा १५ जना कर्मचारीको व्यवस्था भए पनि हाल चार जना कर्मचारी मात्र कार्यरत छ ।

नयाँ पर्यटकीय क्षेत्रको गन्तव्यको पहिचान गर्ने उद्देश्यले स्थापित उक्त आयोजनाका लागि सङ्घीय सरकारबाट १० करोड अनुदान तथा प्रदेश सरकारबाट ९१ करोड गरी कूल एक अर्ब एक करोड बजेट विनियोजन गरिएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य निकाय नभएकाले यस सम्बन्धी सम्पूर्ण काम हेर्ने गरी प्रदेश नं ३ सरकारले सो आयोजना स्थापना गरेको हो । आयोजनाले सङ्घीय सरकार अन्र्तगत पुरातत्व विभाग, राष्ट्रिय निकुञ्ज, वन विभाग लगायतका निकायसँग सहकार्य गरी काम गर्ने बताइएको छ ।
रासस

Read more

Local News