9.5 C
Alba Iulia
Thursday, May 2, 2024
No menu items!

स्वास्थ्यमन्त्रीलाई डा. ध्रुवराजद्वारा राजीनामा पत्र : चाकरी र घुसको रकम पुर्‍याउन सकिनँ

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

मंसिर ४, काठमाडौँ – वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् ।

अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ ।

अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको छ ।

प्रा. डा. अधिकारीले  भने, ‘म ६० लागिसके । अब ३/४ महिना मात्र बाँकी छ । यो बेला जनशक्ति र स्रोत साधन नै भएको ठाउँमा गएर मैले के गर्न सक्छु र ?’

आफूलाई दुःख दिने नियतले नै पोखरातिर सरुवा गर्न खोजेकाले चित्त दुखेको उनले बताए ।

राजीनामा पत्रमा चाकडी र घुस रकम पुर्‍याउन सकिन भन्नुभएको रहेछ, कसले कति मागे रकम ? भन्ने प्रश्नमा प्रा. डा. अधिकारीले भने, ‘विचौलियाहरु छन् । के कति सहयोग गर्न सक्नुहुन्छ भने । तर, मैले उनीहरुको स्वास्ता गरिनँ ।’

आफूले उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवलाई चार पटक भेटेको सुनाउँदै अधिकारीले भने, ‘उहाँ हुन्छ पनि हुन्न, हुन्न पनि भन्नु हुन्न । तपाईको त हुनु पर्ने हो । म आफैं आश्चर्यमा परेको छु कि अहिलेसम्म किन भएन मात्र भन्नु हुन्छ ।’

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...